राष्ट्रपति पौडेलले दशैँको टीका लगाइदिने, यस्तो छ समय
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २ बिहिबार
734
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दशैँको अवसरमा विशिष्ट व्यक्ति र सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका छन् ।
शीतल निवासमा दिउँसो २ देखि ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।
राष्ट्रपतिबाट विशिष्ट व्यक्तिहरूलाई दिउँसो २ देखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रिपति कार्यालयले भनेका विशिष्ट व्यक्तिमा सम्माननीयहरू, उपप्रधानमन्त्री तथा मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी रहेका छन्।
यसैगरी राष्ट्रपतिबाट निजामति, जंगी, प्रहरीतर्फका अधिकृतस्तरसम्मका राष्ट्रसेवकले टीका ग्रहण गर्न सक्नेछन् । टीका ग्रहण गर्न आउँदा मर्यादित पोशाकमा आउन राष्ट्रपति कार्यालयले अनुरोध गरेको छ।