arrow

पढ्न विदेशिने युवालाई ज्ञान र सीप लिएर फर्कने सन्देशसहित नबिल बैंकको दशैँ भिडियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २ बिहिबार
nabil-bank-dashian-2080.jpg

काठमाडौँ । छोराछोरी विदेश भएका सम्पूर्ण आमाबुबाको मर्म समेटेर नबिल बैंक लिमिटेडले एउटा सन्देशमूलक दशैँको भिडियो सार्वजनिक गरेको छ ।

विभिन्न समय परिस्थितिअनुसार देखिएको समस्यालाई सामना गर्ने गरी अभिप्रेरित गर्न र समाजिक भावना दर्शाउनका लागि भिडियो सामाग्री पस्कँदै आएको नबिल बैंकले बडादशैँको पूर्वसन्ध्यामा यो भिडियो सार्वजनिक गरेको हो । 

यस भिडियोमार्फत् छात्रवृत्तिमा जानु वा वैदेशिक अध्ययनमा जानुको अर्थ विदेश पलायन भएको होइन भन्ने सन्देश समाज र अभिभावकलाई दिन खोजिएको छ । 

यस भिडियोमार्फत् उच्च शिक्षा पश्चात् आफ्ना सन्तानहरू घर फर्किन्छन् र आफूले सिकेको ज्ञान र सीप प्रयोग गरेर यही देशको माटोमै केही गर्न प्रयास गर्नेछन् भन्ने आमाबुवाको आशालाई दर्साउन खोजिएको छ । 

साथै भिडियोले वैदेशिक अध्ययनको छात्रवृत्ति निस्कँदा अभिभावकमा आउने खुशी, समाजले गर्ने आशंका र सन्तानले बुझेको बुबाआमाको भावना पनि देखाउन खोजिएको छ । 

नेपालको अग्रणी बैंकका रूपमा स्थापित नबिल बैंकले युवालाई केन्द्रित गर्दै विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गरेको छ । शैक्षिक कर्जा, युवा उद्यमी कर्जा लगायतका कार्यक्रमका साथमा बैंकले नबिल सामाजिक उद्यमशीलता अन्तर्गत नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ ।

बैंकले देशभरका २६६ शाखा र ३१० एटीएमबाट १८ लाख बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको नबिल, नेपालको बैंकिङ इतिहासमा नवीनतम सेवाको शुरूआत गर्ने बैंकको रूपमा परिचित छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ