arrow

इजरेल- हमास युद्धकाबीच सुनक तेल अविवमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ३ शुक्रबार
rishi-sunak-10-downing.jpg

काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनक बिहीबार तेल अविव पुगेका छन् । इजरेल र हमासबीचको जारी द्वन्द्वका बीच इजरेली शीर्ष नेताहरूलाई भेट्न र युद्धग्रस्त मुलुक इजरेलसँग ऐक्यबद्धता प्रकट गर्न उनी त्यहाँ पुगेका हुन् । 

प्रधानमन्त्री सुनकले अक्टोबर ७ मा इजरेलमा भएको रकेट हमलामा इजरेल र गाजामा भएको जनधनको क्षतिप्रति समवेदना प्रकट गरेका छन् । 

सुनकको कार्यालयले रोयटर्स समाचार एजेन्सी दिएको जानकारी अनुसार उनले इजरायल र गाजा दुबैमा भएको ज्यान गुमाउनेप्रति संवेदना दिएका छन् । 

साथै आफ्ना इजरेली समकक्षी बेन्यामिन नेतान्याहु र इजरेली राष्ट्रपति आइज्याक हर्जोगसँग भेटे । 

इजरायली भूमिमा हमासको आक्रमणमा १,४०० भन्दा बढी मानिस मारिएपछि बेलायत इजरायलसँग काँधमा काँध मिलाएर उभिएको छ। हमासले पनि कम्तीमा १९९ जनालाई बन्धक बनाएको छ ।


“प्रत्येक नागरिकको मृत्यु एउटा त्रासदी हो र हमासको भयानक आतङ्कवादी क्रियाकलापपछि धेरै मानिसको मृत्यु भएको छ”, प्रधानमन्त्री सुनकले एक विज्ञप्तिमा भने । 

यसका अतिरिक्त प्रधानमन्त्री सुनकले चाँडोभन्दा चाँडो गाजामा मानवीय सहायता पठाउन अनुमति दिन र गाजामा फसेका बेलायती नागरिकहरूलाई बेलायत प्रस्थान सम्भव बनाउन मार्ग खोल्न आह्वान गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ