arrow

नेपाललाई ९५ हजार टन चामल निर्यात गर्दै भारत

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ३ शुक्रबार
rice-pure.jpg

काठमाडौं ।  भारत सरकारले नेपालसहित सात देशमा १० लाख टन चामल निर्यात गर्ने भएको छ । 

भारतले राष्ट्रिय सहकारी निकासी लिमिटेड (एनसीईएल) मार्फत १० लाख टनभन्दा बढी गैर-बासमती सेतो चामल निर्यात गर्न अनुमति दिएको छ। 

 जसमध्ये नेपालका लागि ९५ हजार टन निर्यात गर्नेछ । यसघि भारत सरकारले घरेलु आपूर्ति बढाउन गैर-बासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो। 

 वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालय (डीजीएफटी)ले बुधबार जारी गरेको सूचना अनुसार राष्ट्रिय सहकारी निकासी लिमिटेड (एनसीईएल) मार्फत सो परिमाणको चामल निकासी गर्न अनुमति दिइएको हो ।

डीजीएफटीले क्यामरुन, कोटे डी आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेशेल्समा १० लाख टनभन्दा बढी गैर-बासमती सेतो चामल निर्यात गर्न अनुमति दिएको छ । 

 ‘गैर-बासमती सेतो चामलको निर्यात नेपाल, क्यामरून, कोटे डी आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेसेल्सलाई निर्यात गर्न अनुमति दिइएको छ,’ लिमिटेडद्वारा जारी सूचनामा भनिएको छ।

नेपालका लागि ९५ हजार टन, क्यामरुनका लागि १ लाख ९० हजार टन, कोट डी आइभोर र गिनीका लागि १ लाख ४२ हजार टन, मलेसियाका लागि १ लाख ७० हजार टन, फिलिपिन्सका लागि २ लाख ९५ हजार टन र सेलेसलाई ८ सय टन चामल पठाइएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ