arrow

नौ लाख बढीको पटाका नष्ट

logo
रबिन्द्र यादव, 
प्रकाशित २०८० कार्तिक ३ शुक्रबार
pataka-2080-07-03.jpg

पश्चिम नवलपरासी । सशस्त्र प्रहरीले पश्चिम नवलपरासीमा नौ लाख भन्दा बढी मूल्य बराबरको पटाका नष्ट गरेको छ । दशैँ तिहारका लागि भारत नाकाबाट भित्र्याइएका करिब नौ लाख ६ हजार बराबर मुल्यको विभिन्न प्रकारको पटाका पाल्हिनन्दन गाउँपालिका वडा नं २ गोपालपुर दशगजा नजिकै एक बगैँचामा लुकाइराखेको अवस्थामा विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएर नष्ट गरिएको सीमा सुरक्षा गुल्म हरपुरका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विकास भुजेलले जानकारी दिए । 

पटाकाबाट ठूलो धनजनको क्षति निम्त्याउने र कानूनद्वारा बर्जित रहेकाले नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, महेशपुर भन्सार कार्यालयका प्रतिनिधि, इलाका प्रहरी कार्यालय महेशपुरका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, स्थानीय सञ्चारकर्मी लगायतको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी गण नं २६ बेलासपुरका गणपति धिरेन्द्रराज न्यौपानेले जानकारी दिए ।

एक हप्ता अगाडि पनि सशस्त्र प्रहरी नवलपरासी पश्चिमले रामग्राम नगरपालिका वडा नं १२ कुनवारेदेखि हरकट्टा भुमही जाने बाटोमा एक पिकअपसहित साढे २६ लाख मूल्य बराबर विभिन्न प्रकारका पटाका बरामद गरि नष्ट गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ