arrow

मन्त्रीले खादामाला वापतको रकम दिए विद्यालयलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ४ शनिबार
sudan-kirati-2080-06-25.jpg
तस्बिर-फाइल

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले खादामालावापतको रकम भोजपुरको अम्चोक गाउँपालिका-९ स्थित सरस्वती माविलाई हस्तान्तरण गरेका छन् । 

खदा माला वापत शुभेच्छुकहरूले चन्दा बाकसमा जम्मा गरेका रकम विद्यालयलाई हस्तान्तरण गरेका हुन् । 

मन्त्री किरातीले खादामालावापत सङ्कलन रकम रु छ लाख २६ हजार ३४ एक कार्यक्रममा बीच आज हस्तान्तरण गरेका हुन् ।

गृह जिल्ला भ्रमणमा रहेका मन्त्री किरातीले यसपटकको दसैँ चौरीपालक र भेडा पालक किसानसँग मैयुङ डाँडामा मनाउने भएका छन् । 

आफू जिल्ला भ्रमणमा रहँदा स्कटिङ तथा स्वागत गेट नबनाउन प्रशासनलाई निर्देशन दिए । 

उनले यसपटकदेखि मञ्चमा नबस्ने तथा आफू प्रमुख अतिथि हुने कार्यक्रममा आफूलाई प्रमुख अतिथि नबनाउन पनि आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ