arrow

राष्ट्रपति पौडेललाई भाउजुले टीका लगाइदिने, दिउँसो विशिष्ट र सर्वसाधारणलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ४ शनिबार
ramchandra-bhauju.jpg
राष्ट्रपति रामचन्द्र पौडेल र उनकी ९१ वर्षीया भाउजु विष्णुमाया पौडेल ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजु विष्णुमाया पौडेलको हातबाट यस वर्षको विजया दशमीको टीका ग्रहण गर्ने भएका छन् । राष्ट्रपति पौडेलले मंगलबार बिहान ११ बजेर २ मिनेट जाँदा विष्णुमायाको हातबाट टीका, जमरा र आशीर्वाद लिने राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 

राष्ट्रपति पौडेलले भाउजुको हातबाट टीका जमरा र आशीर्वाद लिएपछि परिवारका सदस्यहरूलाई टीका लगाइदिने कार्यक्रम रहेको छ । 

यसैबीच राष्ट्रपति पौडेलले विजया दशमीको दिन सर्वसाधारण तथा अति विशिष्ट र विशिष्ट व्यक्तिहरूलाईसमेत टीका दिने कार्यक्रम रहको छ । 

उनले विजयादशमीका दिन राष्ट्रपति कार्यालयमा दिउँसो २ः०० देखि ३ः०० बजेसम्म विशिष्ट र ३ः०० देखि ५ः०० बजेसम्म सर्वसाधारणलाई टीका–जमरा लगाइदिने छन् । 
 
राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले सर्वसाधारणलाई टीका लगाउनका लागि राष्ट्रपति भवनको मूल ढोकामा सहजरुपमा प्रवेशको व्यवस्था गरिएको बताए । टीका ग्रहणका लागि मर्यादित पोशाकमा आउनसमेत राष्ट्रपति कार्यालयले आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ