arrow

भित्र्याइयो फूलपाती [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ४ शनिबार
fulpati-2080-07-04g-(21).jpg

काठमाडौँ । बडादशैँ अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दशैँघरमा फूलपाती भित्र्याइएको छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ ।

दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । प्राणीलाई नष्ट गर्ने भएकैले यी देवीलाई कालरात्रि भनिएको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।

यस्तै पाल्पाको तानसेनस्थित ऐतिहासिक दशैँघर, निसान भगवती लगायत कोतघर, देवीका मन्दिरमा शनिबार फूलपाती भित्रा्इएको छ । तत्कालीन पश्चिम जनरल कर्नेल उजीरसिंह थापाले पाल्पाको तानसेनमा स्थापना गरेको दशैँघरमा परम्परा धान्दै नेपाली सेनाको सलामीसहित फूलपाती भित्रा्इएको हो । 

पाल्पा दरबार परिसरमा रहेको दशैँघरवाट बाजागाजासहित फूलपाती लिन नेपाली सेनाको नागपोखरीस्थित नेपाली सेनाको दि फेमस महिन्द्रदल गण टुँडिखेल गएका थिए । 

सैनिक, प्रहरी, सलामी दिएर दसैघरमा पुजाआजासहित फूलपाती ल्याएर भित्र्याउने चलन रहेको छ । तानसेन बजारको पाल्पा दरबार परिसरमा स्थापना गरेको दशैँघरमा रहेको कोतघरमा भगवतीको सलामीसहित घटस्थापनादेखि दैनिक पूजा गर्ने परम्परा छ ।

fulpati-2080-07-04g (1).jpg
fulpati-2080-07-04g (2).jpg
fulpati-2080-07-04g (3).JPG
fulpati-2080-07-04g (4).jpg
fulpati-2080-07-04g (5).jpg
fulpati-2080-07-04g (6).jpg
fulpati-2080-07-04g (7).jpg
fulpati-2080-07-04g (8).jpg
fulpati-2080-07-04g (9).jpg
fulpati-2080-07-04g (10).jpg
fulpati-2080-07-04g (11).jpg
fulpati-2080-07-04g (12).jpg
fulpati-2080-07-04g (13).jpg
fulpati-2080-07-04g (14).jpg
fulpati-2080-07-04g (15).jpg
fulpati-2080-07-04g (16).jpg
fulpati-2080-07-04g (17).jpg
fulpati-2080-07-04g (18).jpg
fulpati-2080-07-04g (19).jpg
fulpati-2080-07-04g (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ