arrow

नेपाल एसीसी यू–१९ को फाइनलमा, जापानमाथि एक सय ४३ रनको जित

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ४ शनिबार
u19-nepal-2023.jpg

काठमाडौँ । नेपाल मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । सेमिफाइनलमा जापानमाथि १४३ रनको फराकिलो जित हासिल गर्दै नेपाल फाइनलमा पुगेको हो । 

मलेसियाको वाइएसडी युकेएम ओभलमा नेपालले पहिले ब्याटिङ गर्दै वर्षाले खेल रोकिनुपूर्व २५ ओभरमा २ विकेट गुमाएर १४० रन बनायो । 

दीपक बोहराले ७० बलमा ७९ रन तथा अर्जुन कुमाल १० रनमा आउट भए । आकाश त्रिपाठी ३५ रनमा तथा कप्तान देव खनाल ८ रनमा अविजित रहे । 

त्यसपछि नेपालले ब्याटिङ गरेन र वर्षा रोकिएपछि जापानले १८७ रनको चुनौती पायो । तर जापानले ११.५ ओभरमा सबै विकेट गुमाएर मात्र ४३ रन बनायो । 

शोतारो हिरातसुकाले १५ तथा किफर यामामातो लोकेले १३ रन बनाएबाहेक कसैले पनि दोहोरो स्कोर जोडेनन् । नेपालका लागि हेमन्त धामी र दिपेश कणेलले समान ३, सुवाश भण्डारीले २ तथा आकाश चन्दले १ विकेट लिए ।

समूह चरणमा नेपाल अपराजित रहेको थियो । नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रन र दोस्रो खेलमा बहराईनलाई ७ विकेटले पराजित गरेको थियो । यस्तै नेपालले समूह चरणको अन्तिम खेलमा साउदी अरेबियालाई ३ सय २ रनले हराएको थियो ।

फाइनलमा नेपालले यूएईसँग खेल्नेछ । अर्को सेमिफाइनलमा यूएईले सिंगापुरमाथि सहज जित हासिल गरेको छ । 

फाइनल खेल सोमबार हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ