arrow

दशैँमा मनकामना केबलकार बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ५ आइतबार
manakamana cable car.jpg
तस्बिर-फाइल

मुग्लिन । मनकामना केबलकार दशैँमा तीन दिन बन्द हुने भएको छ ।

नवमी, दशमी र एकादशीका दिन कात्तिक ६, ७ र ८ गते बन्द हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

नायब प्रबन्धक शेरचनका अनुसार मनकामना केबलकार कात्तिक ९ गतेदेखि नियमित सञ्चालनमा आउने छ । 

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना-४ कुरिनटार (चेरेस)बाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ