arrow

हमासको लगानीबारे अनुसन्धान गर्दै स्वीटजरल्याण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ५ आइतबार
hamas-2023-10-13.jpg

काठमाडौँ । स्वीटजरल्याण्डले हमासलाई आतङ्कवादी सङ्गठनका रूपमा वर्गीकरण नगरे पनि उसको सम्भावित लगानीको स्वीस न्यायपालिकाले अनुसन्धान गरिरहेको महान्यायाधिवक्ताले शनिबार बताएका छन् ।

महान्यायाधिवक्ता स्टेफन ब्ल्याटरले स्विस सार्वजनिक रेडियो स्टेसन एसआरएफमा धेरै विवरण उल्लेख नगरी हमासले अक्टोबर ७ मा इजरेलमाथि हमला गर्नुभन्दा ‘कयौँ सातापहिला’ अनुसन्धान शुरु गरिएको जानकारी दिए । 

महान्यायाधिवक्ताको कार्यालयले पछि एएफपीलाई ‘स्वीटजरल्याण्डलाई हमासको लगानीको आशङ्का’ मा अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ । 

युरोपेली युनियन र अमेरिकाविपरीत स्वीटजरल्याण्डले हमासमाथि प्रतिबन्ध लगाएको छैन किनकि अनुसन्धान कठिन हुने अपेक्षा गरिएको छ । 

तर हमासले इजरेलमाथि हमला गरेपछि स्वीस सरकारलाई कारबाही अगाडि बढाउन माग बढ्न थालेसँगै त्यसको प्रतिक्रियास्वरूप अनुसन्धान सुरु गर्न बल प्राप्त भएको छ । 

हमलाको चार दिनपछि सरकारले हमासलाई आतङ्कवादी सङ्गठनका रूपमा वर्गीकरण गर्नुपर्छ भन्ने विचारमा रहेको बताएको छ । 

आक्रमणपछि गठन गरिएको मध्यपूर्व टास्क फोर्सलाई इस्लामिक लडाकू समूहलाई ‘आतङ्कवादी’ का रूपमा वर्गीकरण गर्ने विकल्पहरूको अध्ययन गर्ने जिम्मा दिइएको छ तर स्विस सरकारले उक्त विषयमा कुनै समयसीमा दिएको छैन । 

हमलाको दुई दिनपछि स्विस राष्ट्रपति इग्नाजियो क्यासिसले संयुक्त राष्ट्रसङ्घले प्रतिबन्ध लगाएका संस्थाहरूमाथि मात्र सरकारले प्रतिबन्ध लगाउन सक्ने तर्क दिएको थियो । 

राष्ट्रसङ्घले प्रतिबन्ध लगाएकै कारण अल–कायदा र इस्लामिक स्टेट समूहका साथै केही सम्बन्धित सङ्गठन मात्र हाल स्वीटजरल्याण्डमा प्रतिबन्धित छन् ।

संसद्मा हमासमाथि प्रतिबन्ध लगाउने अहिलेसम्मका सबै प्रयास असफल भएका छन् तर तल्लो सदनको एक समितिले हालै एउटा नयाँ प्रस्ताव पेस गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ