arrow

टी–२० श्रृंखलामा नेपाल र यूएई मैदानमा, नेपाल बलिङमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ६ सोमबार
nepalt20-team-2080-07-06.jpeg

काठमाडौँ । नेपालमा जारी टी–२० त्रिकोणात्मक क्रिकेट श्रृंखलाको लिग चरणको अन्तिम खेलमा नेपालले अहिले यूएईसँग खेलिरहेको छ । यो खेलअघि नै अपराजित रहँदै फाइनलमा पुगिसकेको नेपालले मूलपानी क्रिकेट मैदानमा अहिले यूएईसँग खेलिरहेको हो । टस जितेर नेपालले पहिले बलिङ गरेको छ । 

नेपालले यसअघि पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको थियो । सोही आधारमा आज पनि सहजै विजय हासिल गर्ने अपेक्षा गरिएको छ । 

नेपालले यसअघि हङकङमाथि ७९ रन र ६ विकेटको जित हासिल गरेको थियो । 

यूएईले एक खेलमा हङकङलाई हराएको छ । 

लिगको शीर्ष स्थानमा रहने दुई टिमले आगामी शुक्रबार उपाधिका लागि फाइनल खेल्नेछन् । 

टी–२० विश्वकप छनोटको तयारीका लागि यो श्रृंखला भइरहेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ