arrow

यूएईलाई हराउन नेपाल एक सय ६५ रनको चुनौती पछ्याउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ६ सोमबार
nepal-uae-2080-07-06.jpeg

काठमाडौँ । नेपालमा जारी टी–२० त्रिकोणात्मक क्रिकेट श्रृंखलाको लिग चरणको अन्तिम खेलमा नेपालले अहिले यूएईसँग खेलिरहेको छ । यो खेलअघि नै अपराजित रहँदै फाइनलमा पुगिसकेको नेपालले मूलपानी क्रिकेट मैदानमा अहिले यूएईसँग खेलिरहेको हो । 

जितका लागि नेपालले १६५ रनको चुनौती पछ्याउँदै छ । यसअघि टस जितेर नेपालले पहिले बलिङ गरेपछि ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

बसिल हमिद र वृत्तिय अरविन्दले समान ४५ रन बनाए । अमिदले मात्र १९ बलमा ५ छक्का र २ चौकाको मद्धतले ४५ रन बनाएका हुन् । 

नेपालका लागि सोमपाल कामी र अबिनाश बोहराले २–२ विकेट लिए । त्यस्तै गुलसन झा र करण केसीले १–१ विकेट लिए । 

नेपालले यसअघि पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको थियो । सोही आधारमा आज पनि सहजै विजय हासिल गर्ने अपेक्षा गरिएको छ । 

नेपालले यसअघि हङकङमाथि ७९ रन र ६ विकेटको जित हासिल गरेको थियो । 

यूएईले एक खेलमा हङकङलाई हराएको छ । 

लिगको शीर्ष स्थानमा रहने दुई टिमले आगामी शुक्रबार उपाधिका लागि फाइनल खेल्नेछन् । 

टी–२० विश्वकप छनोटको तयारीका लागि यो श्रृंखला भइरहेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ