रुकुम । ऊर्जामन्त्री जनार्दन शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले अनुचित ढङ्गले प्रधानमन्त्री बन्ने षड्यन्त्र गरेकाले महाभियोग प्रस्ताव ल्याउनुपरेको बताएका छन् ।
माओवादी रुकुमले मंगलबार गरेको भेटघाट कार्यक्रममा मन्त्री शर्माले महाभियोग प्रस्ताव पारित भएरै छाड्ने ठोकुवा समेत गरे ।
कार्कीले ‘राज्यलाई नै आतङ्कित गरेर शक्ति हत्याउने खेल खेलेकाले’ उनलाई महाभयोगबाट हटाई आवश्यक सजाय दिलाउने तयारी गरिएको मन्त्री शर्माको भनाइ छ । व्यवस्थापिका संसदमा शर्माकै पहलमा महाभियोग दर्ता भएको हो ।
उनले सांसदहरुले विजुलीका पोलका लागि दिएका निवेदनहरुलाई समेत महाभियो प्रस्तावमा उपयोग गरेका चर्चा समेत भएका छन् ।