arrow

नेपाल अपराजित रहँदै फाइनलमा, उपाधि भिडन्त शुक्रबार

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ६ सोमबार
nepalt20-2080-07-06.jpg

काठमाडौँ । नेपाल टी–२० त्रिकोणात्मक क्रिकेट श्रृंखलामा अपराजित रहँदै फाइनलमा पुगेको छ । लिग चरणको अन्तिम खेलमा यूएईलाई ५ विकेटले हराउँदै नेपाल शतप्रतिशत नतिजासहित फाइनलमा पुगेको हो । 

मूलपानी क्रिकेट मैदानमा जितका लागि १६५ रनको चुनौती नेपालले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । नेपाललाई जिताउन आसिफ शेखले ५० बलमा ६२ रन बनाए । 

त्यस्तै कप्तान रोहित पौडेलले ४२ बलमा ४७ तथा दिपेन्द्र सिंह ऐरीले १५ बलमा अविजित रहँदै ४० रन बनाए । 

यसअघि टस जितेर नेपालले पहिले बलिङ गरेपछि ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

बसिल हमिद र वृत्तिय अरविन्दले समान ४५ रन बनाए । अमिदले मात्र १९ बलमा ५ छक्का र २ चौकाको मद्धतले ४५ रन बनाएका थिए । 

नेपालका लागि सोमपाल कामी र अबिनाश बोहराले २–२ विकेट लिए । त्यस्तै गुलसन झा र करण केसीले १–१ विकेट लिए । 

नेपालले यसअघि पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको थियो । त्यस्तै हङकङमाथि ७९ रन र ६ विकेटको जित हासिल गरेको थियो । 

यूएईले एक खेलमा हङकङलाई हराएको छ । 

बुधबार लिगको अन्तिम खेलमा यूएई र हङकङ खेल्दैछन् । यो खेल जित्दा यूएई फाइनलमा पुग्नेछ । हङकङ विजयी भएमा रनरेटका आधारमा माथि रहने टिम फाइनलमा पुग्नेछ । 

लिगको शीर्ष स्थानमा रहने दुई टिमले आगामी शुक्रबार उपाधिका लागि फाइनल खेल्नेछन् । 

नेपालको भिडन्त यूएई र हङकङमध्ये दोस्रो स्थानमा रहने टिमसँग हुनेछ । 

टी–२० विश्वकप छनोटको तयारीका लागि यो श्रृंखला भइरहेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ