arrow

पाराग्लाइडिङ गरेपछि मन्त्री साउदले भने – पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ६ सोमबार
np-saud-paragliding.jpg

गण्डकी । परराष्ट्र मन्त्री नारायणप्रसाद साउदले पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कने बताएका छन् । पोखराको तोरीपानीबाट फेवाताल किनारमा सोमबार पाराग्लाइडिङ गरेपछि उनले साहसिक पर्यटनलगायतका धेरै सम्भावना बोकेको पोखराको पर्यटन व्यवसायले आगामी दिनमा गति लिने विश्वास व्यक्त गरे । 
    
पाराग्लाइडिङ पोखराको महत्त्वपूर्ण पर्यटकीय गतिविधि भएको उल्लेख गर्दै मन्त्री साउदले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडानलाई असर नपर्ने गरी पूर्ववत् सराङकोटबाटै उडान गर्न सम्बन्धित निकायमा आफ्नोतर्फबाट पहल गर्ने उनले बताए । 
    
सुरक्षा व्यवस्थालाई दृष्टिगत गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग सम्पर्क गरी मन्त्री साउद सवार पाराग्लाइडरलाई फेवाताल किनारामा अवतरण गराइएको हवाई खेलकुद संस्था (ना) का महासचिव खेम आचार्यले जानकारी दिए ।

मन्त्री साउद सवार पाराग्लाइडरको उडान पाइलट महेन्द्रबहादुर भट्टराईले गराएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ