arrow

हमासले गर्‍यो दुई इजरेली महिलालाई रिहा

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ७ मंगलबार
hamas-women.jpg

काठमाडौं । हमासले दुई इजरेली बन्धक महिलालाई रिहा गरेको छ। 

सोमबार राति हमासले दुई इजरेली महिला बन्धकलाई रिहा गरेको हव। 

७९ वर्षीय नुरित कुपर र ८५ वर्षीय योचेभ लिफसिट्जलाई हमासका लडाकुहरूले किबुट्ज बिरीबाट अपहरण गरेका थिए।

हमासले दुवै महिलालाई मानवीय र स्वास्थ्य कारणले रिहा गरिएको बताएको छ । 

इजरेलले हमासले करिब २ सय २२ जनालाई बन्धक बनाएको बताएको छ ।

इजरेल र हमासबीचको युद्धको आज १८ औँ दिन हो । 

अर्कोतर्फ लेबनानमा इजरेलको आक्रमण पनि बढ्दै गएको छ ।

 संयुक्त राष्ट्र माइग्रेसन एजेन्सीका अनुसार लेबनानको दक्षिणी सीमामा रहेको जनसङ्ख्या बिस्तारै देशका अन्य भागहरूमा सर्दै छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ