arrow

यू–१९ क्रिकेट फाइनलः नेपालले यूएईलाई दियो २८१ रनको चुनौती, कप्तान देवको शतक

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ७ मंगलबार
u19-nepal-2023.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि अहिले नेपाल र यूएई भिडिरहेका छन् । मलेसियाको क्वालालाम्पुरमा भइरहेको फाइनल जितका लागि नेपालले यूएईलाई २८१ रनको चुनौती दिएको छ । 

खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनायो । कप्तान देव खनालले कप्तानी इनिङ्स खेल्ने क्रममा शतक बनाए । 

उनले ९२ बलमा १०० रनको योगदान दिएका हुन् । त्यसतै उत्तम रंगु थापा मगरले ५७ तथा अर्जुन कुमालले ५५ रन बनाए । 

नेपाल फाइनलमा प्रवेश गरेसँगै यू–१९ एसिया कपमा छनोट भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ