arrow

बडादशैँमा खुशीयाली

एसीसी यू–१९ को उपाधि नेपाललाई, फाइनलमा यूएईमाथि १९ रनको जित

प्रतियोगिताका सबै खेल जितेर नेपाल एसिया कपमा छानिन सफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ७ मंगलबार
accu19mens-champion-2023.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको उपाधि नेपालले जितेको छ । मंगलबार विजयादशमीका दिन भएको फाइनलमा नेपालले यूएईलाई पराजित गरेको हो । 

मलेसियाको क्वालालाम्पुरमा भएको वर्षाले प्रभावित फाइनलमा नेपाल १९ रनले विजयी भएको हो । फाइनल जितका लागि नेपालले यूएईलाई २८१ रनको चुनौती दिएको थियो । तर वर्षाले खेल बीचमा अवरुद्ध भएपछि ओभर झारेर १९८ रनको नयाँ चुनौती दिइएको थियो । 

यूएईले ११ ओभर खेल्दै २ विकेटको क्षतिमा ५० रन बनाएपछि वर्षा भएको थियो । तर वर्षा रोकिएपछि ओभर घटाउँदै अब १९८ रनको नयाँ चुनौती पाएकामा यूएईले २६.५ ओभरमै सबै विकेट गुमाएर १७८ रन बनाउन सक्यो । 

ध्रुव पराशरले सर्वाधिक ५९ रन बनाएको इनिङ्समा नेपाललाई जिताउने क्रममा आकाश त्रिपाठीले ४, सुवाश भण्डारीले ३, आकाश चन्दले २ तथा हेमन्त धामीले १ विकेट लिए । 

यसअघि खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनायो । कप्तान देव खनालले कप्तानी इनिङ्स खेल्ने क्रममा शतक बनाए । 

उनले ९२ बलमा १०० रनको योगदान दिएका हुन् । त्यसतै उत्तम रंगु थापा मगरले ५७ तथा अर्जुन कुमालले ५५ रन बनाए । 

नेपाल सबै खेल जितेर यू–१९ एसिया कपमा छनोट भएको छ । फाइनलमा पुग्ने दुवै टिम एसिया कपमा छानिने भएकाले यूएई पनि छानिएको छ । 

नेपालले सेमिफाइनलमा जापानलाई डक वर्थ लेविसअनुसार १४३ रनले हराएको थियो । 

त्यस्तै समूह चरणमा साउदी अरेबियालाई ३०२ रनले, बहराइनलाई ७ विकेटले र इरानलाई २७४ रनले हराएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ