arrow

पूर्वराजाले टीका लगाइदिँदै राजनीतिबारे संकेत गर्दै भने – छिनछिनमा भुइँचालो पनि आइरहेको छ विचार गर्नुस् [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ७ मंगलबार
king-gyanendra-tika.jpg

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले दशैँको अवसरमा सर्वसाधारणलाई टीका लगाइ दिँदै राजनीतिबारे संकेत गरेका छन् । मङ्गलवार अपराह्न ४ बजेबाट पूर्वराजा शाहले विजया दशमीको टीका सर्वसाधारणलाई लगाइदिएका हुन् । 

पूर्वराजाले टीका लगाइदिँदै राजनीतिबारे संकेत गर्दै देशमा भइरहेको गतिविधिबाट पाठ सिकेर अघि बढ्न सुझाव दिएका छन् ।

उनले भने, ‘सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा दसैँको शुभकामना दिन चाहन्छु । धेरै भन्नु पनि हुँदैन, सप्तमीको दिनमा भनेको छु । हामीले पाठ पनि सिक्नुपर्नेछ । छिनछिनमा भुइँचालो पनि आइरहेको छ । विचार गर्नुस् ।’

पूर्वराजा शाहको हातबाट टीका ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणहरूको लाइन लागेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ