arrow

रक्षामन्त्री पनि हटाए सीले

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ८ बुधबार
li-sangfu-chinese-defence-minister-2023.jpg

काठमाडौँ। चिनियाँ राष्ट्रपति सी चिनफिङले रक्षामन्त्रीलाई बर्खास्त गरेका छन् ।

सार्वजनिक रूपमा नदेखिएको दुई महिनापछि चीनले रक्षामन्त्री ली साङ्फुलाई औपचारिक रूपमा बर्खास्त गरेको छ । 

उनीमाथि भ्रष्टाचार मुद्दा लगाएर बर्खास्त गरिएको वालस्ट्रिट जर्नलले जनाएको छ ।

रक्षामन्त्री उपकरण खरिद र विकाससम्बन्धी सन्दिग्ध भ्रष्टाचारको अनुसन्धानमा तानिएका छन् ।

यसअघि सीको मन्त्रिपरिषद्का सदस्य विदेशमन्त्री क्विन ग्याङलाई गत जुलाईमा बर्खास्त गरिएको थियो । 

उनको बर्खास्ती पछि धेरै उच्च सैन्य अधिकारीहरूलाई पनि हटाइएको थियो । 

भने पछिल्लो पटक  रक्षामन्त्री पनि बर्खास्तीमा परेका हुन् । 

दुई महिना अघि जनरल लीको अन्तिम सार्वजनिक उपस्थिति बेइजिङमा आयोजित अफ्रिकी राष्ट्रहरूको सुरक्षा फोरममा भएको थियो ।

यसअघि रक्षामन्त्रीको अनुपस्थितिलाई लिएर चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता समक्ष प्रश्न गर्दा त्यस सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको जवाफ दिएकी थिइन् । 

यसअघि पनि विदेश मन्त्रीदेखि विभिन्न मन्त्रीलाई सीले हटाउँदै आएका थिए । 

सीले आफ्नो नीति भन्दा केही फरक कसैले गर्‍यो भने बर्खास्त गर्दै आएका छन् । 

उनले कुनै सफाइको मौकासमेत नदिने गरेको पाइएको छ । बर्खास्त गरेकालाई पनि विभिन् अभियोग लगाउने गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ