arrow

टी–२० त्रिकोणात्मक क्रिकेटको उपाधिका लागि नेपाल र यूएईबीच भिडन्त

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ८ बुधबार
mulpani-nepal-2080-07-06.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँको मूलपानी क्रिकेट मैदानमा जारी टी–२० त्रिकोणात्मक क्रिकेट श्रृंखलाको उपाधिका लागि नेपाल र यूएई भिड्ने भएका छन् । लिग चरणका खेलमा तेस्रो टिम हङकङ पुछारमा रहेपछि शीर्ष दुई टिम नेपाल र यूएईले फाइनल खेल्ने भएका हुन् । 

नेपालले दुवै टिमसँगका चार खेल जितेर अपराजित रहँदै फाइनलमा स्थान बनाएको हो । यूएईले भने हङकङसँग बराबरी गरेको भए पनि रनरेटमा अगाडि रहेसँगै फाइनलमा पुगेको हो । फाइनल खेल शुक्रबार हुनेछ ।

यसअघिको खेलमा यूएईले हङकङलाई हराएको थियो भने बुधबार भएको अन्तिम खेलमा हङकङले यूएईलाई ६९ रनले हरायो । फराकिलो जित हासिल गरेर यूएईसँग समान २ अंक जोडेको भए पनि रनरेटमा हङकङ पछाडि परेको हो । 

पहिले ब्याटिङ गरेको हङकङले ३ विकेटको क्षतिमा २१२ रन बनायो । मार्टिन कोट्जेले ५५ बलमा ८६ रन बनाए । बाबर हायातले २० बलमा अविजित रहँदै ६० रन जोडे भने आंशि साथले ४१ रन बनाए । 

जवाफमा यूएईले ५ विकेटको क्षतिमा १४३ रनमात्र बनायो । 

नेपालले यूएईलाई ५ विकेटले र ७ विकेटले हराएको थियो भने हङकङलाई ७९ रन र ६ विकेटले हराएको थियो । 

टी–२० विश्वकप छनोटको तयारीका लागि यो श्रृंखला भइरहेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ