काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौंं आइपुगेका छन् । मुखर्जी सवा १२ बजे पछि भारती वायु सेवा निगमको विशेष जहाँजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा ओर्लिएका हुन् ।
मुखर्जीको आवागमनलाई ध्यान दिई विमानस्थल ४५ मिनेट बन्द गरिएको छ । मुखर्जीको सवारीलाई मध्यनजर गर्दै विमानस्थल र काठमाडौंको सुरक्षा व्यवस्था र सवारी व्यवस्थापनमा कडाई गरिएको छ ।
मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गर्ने कार्यक्रम छ । त्यसलगत्तै मुखर्जी शीतल निवास गई समकक्षी भण्डारीसँग शिष्टाचार भेट गर्ने छन् । मुखर्जीको सवारीलाई केन्द्रित गरी काठमाडौंका मुख्य सडक खाली गरिएको छ भने चार घेरामा सुरक्षा व्यवस्था गरिएको छ ।