arrow

प्रहरी प्रवक्ता भन्छन्– सुरक्षामा संस्थागत चुनौती कसैले दिएका छैनन्, सामाजिक संजालमा असन्तुष्टी मात्रै

मुखर्जीको नेपाल भ्रमण

logo
प्रकाशित २०७३ कार्तिक १७ बुधबार
surakhsa-news-aaja.jpeg

काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणलाई लिएर सामाजिक संजालमा भारत विरोधी पोष्टहरु बढेका छन् ।

समाजिक संजाल ट्वीटरमा ‘इन्डियन प्रिसिडेन्ट नट वेल्कम’ टे«न्ड्स हावी भएको छ । सरकारले भारतीय राष्ट्रपतिको भ्रमणका लागि भव्य तयारी गर्दा भारत विरोधी मात्र नभई नेपालको सरकार विरोधी भावना समेत उब्जिएको छ ।

सामाजिक संजालमा सरकारले भारतीय राष्ट्रपतिको भ्रमणकै दिन दिएको सार्वजनिक विदाको मात्र विरोध भएको छैन । काठमाडौं उपत्यकामा अघोषित कर्फ्यू लगाएको भनि टिप्पणी भएको छ ।

यद्यपि प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल ठकुरीले बाहिर हल्ला भएजस्तो नागरिकलाई दुःख दिने गरी सुरक्षा सतर्कता नअपनाइएको बताए । हाम्राकुरासँग कुरा गर्दै उनले भने, ‘सामाजिक संजालमा भारत विरोधी र सरकार विरोधी टिकाटिप्पणी भएका छन् । ती सबै हल्ला हुन् । अघोषित कर्फ्यू  लागेको भन्ने कुरामा कुनै सत्यता छैन । सुरक्षा चुनौती छ नै । किन भने पछिल्लो समय भारत विरोधी भावना बढेको छ ।’

संस्थागत विरोध होइन, व्यक्तिगत असन्तुष्टीहरु देखिएका छन् । यस्तै बाटोमा पनि मान्छेलाई हिड्न नदिएको भनेर अनावश्यक हल्ला भएको उनले बताए । उनले भने, ‘सवारी हुने बेलामा मात्रै सम्बन्धित क्षेत्रमा केही बेरो रोक्ने हो ।’

शंकास्पद गतिविधि गर्ने अर्थात् सामूहिक विरोध गर्ने कुनै संघ संगठनहरुबारे केही जानकारी छ ? जवाफमा उनले भने, ‘अहिले सम्म कँही कतै केही सुनिएको छैन । सुरक्षा संवेदनशीलता हेरेर उच्च सतर्कता अपनाइएको छ ।’ कोही पक्राउ परेको बारे केही जानकारी ? उनले भने, ‘संस्थागत विरोध गर्नेहरु छैनन् । सामान्य असन्तुष्टी राख्नेहरु छन् । सुरक्षा चुनौतीका गविविधि केही सुन्नमा आएका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ