arrow

इजरेल–हमास युद्ध शान्त पार्नेबारे बाइडेन र नेतान्याहूबीच सहमति  

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ९ बिहिबार
joe-biden-netanyoo-israel.jpg

काठमाडौँ । इजरेल–हमासबीचको युद्धले २० दिन पूरा गरेको छ । २० दिनको अवधिमा हजारौँले ज्यान गुमाएका छन् । हजारौँ घाइते भएका छन् भने अपुरणीय क्षति भएको छ । 

गत अक्टोबर ७ तारिखमा प्यालेस्टेनी विद्रोही समूह हमासले इजरेलमाथि आक्रमण गरेको थियो । यसैबी पहिलो पटक इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्ध रोक्न इजरेल असफल भएको स्वीकारेका छन् । 

उनले आगामी दिनमा अक्टोबर ७ को हमास हमला रोक्न नसकेकोप्रति आफू लगायत सबैले जवाफ दिनुपर्ने बताएका छन् । 

इजरेली सेनाका अनुसार इजरेली सेना बुधबार राति ट्याङ्कसहित उत्तरी गाजामा प्रवेश गरेको छ । हमासका कयौँ रहेको स्थान र रकेट लन्च गरेको स्थितिलाई निशाना बनाएकोसमेत बताइएको छ । 

यसैबीच इजरेल अमेरिकाको सुझावअनुसार हमला केही दिनका लागि रोक्न राजी भएको जेरुसेलम पोष्टले उल्लेख गरेको छ । 

यता इरानले गाजा आक्रमणको पछाडि अमेरिकाको हात रहेको आरोप लगाएको छ । इरानका सर्वोच्च नेता अयातुल्लाह खामेनाईले गाजामा इजरेली हमलाको दोष अमेरिकालाई ठहर्याएका हुन् । उनले गाजामा अमेरिकाले सिधा आक्रमण गरेकोसमेत आरोप लगाएका हुन् । 

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार राति इजरेली प्रधानमन्त्री नेतान्याहूलाई टेलिफोनमा सम्पर्क गरेका छन् । 

उनीहरुबीच पहिले बन्धक बनेकाहरुलाई बचाउने बारेमा सहमति भएको छ । 

दुवैले गाजामा रहेका अन्य विदेशी नागरिकलाई पनि सुरक्षित बाहिर निकाल्ने बारेमा छलफल गरेका छन् । 

ह्वाइट हाउसका अनुसार बाइडेनले नेतान्याहूलाई युद्धका बीच स्थायी शान्तिको बाटो खोज्ने बारेमा छलफल भएको छ । 

न्यूयोर्क टाइम्सका अनुसार गाजामा १६)) जना बेपत्ता भएका छन् । जसमा ९०० बालबालिका छन् । 

रिपोर्टअनुसार १४९ त्यस्ता परिवार छन् जसका घरका कम्तीमा १० सदस्य मारिइसकेका छन् । 

विश्व स्वास्थ्य संगठनका अनुसार सुविधा र इन्धनको कमीका कारण गाजामा रहेका ३५ मध्ये १२ अस्पताल बन्द भइसकेका छन् ।  
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ