arrow

मुखर्जी– भण्डारी भेटवार्ता

logo
प्रकाशित २०७३ कार्तिक १७ बुधबार
Mukharji_Bhandari.jpeg
काठमाडौं  । नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीसँगथ भेट गरेका छन् । बुधबार महाराजगंज स्थित राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो । 
 
दिउँसो मात्रै नेपाल आईपुगेका मुखर्जीको यो नेपाल आएपछिको पहिलो औपचारिक भेटवार्ता हो । उनलाई राष्ट्रपति भण्डारीले नै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेकी थिईन् । 
 
राष्ट्रपति मुखर्जीको भ्रमण दलमा ६० सदस्य
 
यसैबीच, भारतका राष्ट्रपति प्रणव मुखर्जी नेतृत्वको उच्चस्तरीय भ्रमण दलमा रक्षा राज्यमन्त्री सुवास घाम्रीसहित ६० जना सम्मिलित रहेको राष्ट्रिय समाचार समितिले जनाएको छ ।  प्रतिनिधिमण्डलमा लोकसभा र राज्यसभाका चार सदस्य, भारतको राष्ट्रपति कार्यालयका सचिव एस जयशङ्कर, विदेश मन्त्रालयका सचिव अमिपा लगायत रहेका छन्। 
 
पराराष्ट्र मन्त्रालयका अनुसार उक्त भ्रमण दलमा भारतको सुरक्षा निकायका उच्च अधिकारी, विदेश मन्त्रालयका पदाधिकारी एवम् सञ्चार सञ्चारकर्मी सम्मिलित छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ