arrow

टी–२० क्रिकेटको फाइनल आज, कीर्तिपुर मैदानमा नेपाल र यूएई भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १० शुक्रबार
tu-cricket-ground-height.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँमा जारी टी–२० त्रिकोणात्मक क्रिकेट श्रृंखलाको उपाधिका लागि आज नेपाल र यूएई भिड्दै छन् । काठमाडौँको मूलपानी मैदानमा हुँदै आएको लिग चरणका खेलबाट शीर्ष दुईमा रहँदै नेपाल र यूएईले उपाधि भिडन्त गर्न लागेका हुन् । तेस्रो टिम हङकङ पुछारमा रहेपछि शीर्ष दुई टिम नेपाल र यूएईले फाइनल खेल्न लागेका हुन् । 

आजको फाइनल त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा हुँदैछ । खेल बिहान ११ बजेदेखि हुँदैछ । नेपाल यही श्रृंखलामै यूएईमाथि लगातार तेस्रो जितसहित उपाधि जित्ने लक्षमा रहेको छ । 

नेपालले दुवै टिमसँगका चार खेल जितेर अपराजित रहँदै फाइनलमा स्थान बनाएको हो । यूएईले भने हङकङसँग बराबरी गरेको भए पनि रनरेटमा अगाडि रहेसँगै फाइनलमा पुगेको हो । 

यसअघिको खेलमा यूएईले हङकङलाई हराएको थियो भने बुधबार भएको अन्तिम खेलमा हङकङले यूएईलाई ६९ रनले हरायो । फराकिलो जित हासिल गरेर यूएईसँग समान २ अंक जोडेको भए पनि रनरेटमा हङकङ पछाडि परेको हो । 

लिग चरणमा नेपालले यूएईलाई ५ विकेटले र ७ विकेटले हराएको थियो भने हङकङलाई ७९ रन र ६ विकेटले हराएको थियो । 

टी–२० विश्वकप छनोटको तयारीका लागि यो श्रृंखला भइरहेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ