arrow

टी–२० त्रिकोणात्मक क्रिकेट

उपाधिका लागि नेपाल र यूएई मैदानमा, नेपाल ब्याटिङमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १० शुक्रबार
t20series-2023-10-27.jpeg

काठमाडौँ । काठमाडौँमा जारी टी–२० त्रिकोणात्मक क्रिकेट श्रृंखलाको उपाधिका लागि अहिले नेपाल र यूएईबीच भिडन्त हुँदैछ । 

खेलमा टस जितेर यूएईले बलिङ रोजेसँगै नेपालले पहिले ब्याटिङ गर्दैछ । खेल बिहान ११ बजे त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा हुँदैछ । 

यसअघि लिग चरणका सबै खेलहरु मूलपानी क्रिकेट मैदानमा भएका थिए । तेस्रो टिम हङकङ पुछारमा रहेपछि शीर्ष दुई टिम नेपाल र यूएईले फाइनल खेल्न लागेका हुन् । 

नेपाल यही श्रृंखलामै यूएईमाथि लगातार तेस्रो जितसहित उपाधि जित्ने लक्षमा रहेको छ । 

नेपालले दुवै टिमसँगका चार खेल जितेर अपराजित रहँदै फाइनलमा स्थान बनाएको हो । यूएईले भने हङकङसँग बराबरी गरेको भए पनि रनरेटमा अगाडि रहेसँगै फाइनलमा पुगेको हो । 

यसअघिको खेलमा यूएईले हङकङलाई हराएको थियो भने बुधबार भएको अन्तिम खेलमा हङकङले यूएईलाई ६९ रनले हरायो । फराकिलो जित हासिल गरेर यूएईसँग समान २ अंक जोडेको भए पनि रनरेटमा हङकङ पछाडि परेको हो । 

लिग चरणमा नेपालले यूएईलाई ५ विकेटले र ७ विकेटले हराएको थियो भने हङकङलाई ७९ रन र ६ विकेटले हराएको थियो । 

टी–२० विश्वकप छनोटको तयारीका लागि यो श्रृंखला भइरहेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ