arrow

विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा, मानसिक तनावले मैत्रिपूर्ण नखेलेका सन्दीप पनि परे 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ११ शनिबार
tu-cricket-ground-close.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेलका लागि नेपाली टिमको घोषणा भएको छ। सोमबारदेखि काठमाडौँमा हुने सो खेलका लागि १५ सदस्सीय नेपाली टोलीको घोषणा भएको हो ।  

नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी–२० विश्वकप छनोट खेल्ने १५ सदस्यीय नेपाली टिम घोषणा आज गरेको हो।

 जसअनुसार कप्तान रोहित पौडेलको नेतृत्वको नेपाली टिममा कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी परेका छन् ।

सन्दीप लामिछानेले विश्वकप छनोटको तयारी स्वरूप खेलिएको त्रिदेशीय टी–२० सिरिज नखेले पनि विश्वकप छनोट खेलमा भने समावेश हुन पुगेका छन् । उनले मानसिक तनावको कारण देखाउँदै छनौटको तयारी स्वरुप खेलिएको खेल भने खेलेका थिएनन् । 

उनीमाथि नाबालिग बलात्कारको आरोप छ । उनलाई शुरुआतमा गत वर्ष नियन्त्रणमै राखेर मुद्दा चलाइएको भए पनि अदालतले पछि धरौटीमा हिरासतमुक्त भएरै मुद्दा लड्न अनुमति दिएको थियो । 

अदालतबाट पाएको सुविधाअनुसार उनी क्रिकेट खेल्न विदेशसमेत गएका थिए । मुद्दाको छिनोफानो अझै भएको छैन । 

सो प्रतिस्पर्धामा कुल ८ देश सहभागी हुनेछन्, जसका लागि २ समूह बनाइएको छ। घरेलु मैदानमा सो खेल खेल्न लागेको नेपाल भने समूह ‘ए’ मा परेको छ, जुन समूहमा मलेसिया, ओमन र सिंगापुर रहेका छन् भने समूह ‘बी’ मा भने बहराइन, हङकङ, कुवेत र यूएईको टिम रहेको छ  ।

एसिया छनोट खेल आगामी कात्तिक १३ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदान र मूलपानीस्थित क्रिकेट मैदानमा हुनेछ । क्यानका अनुसार समूह ए का सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन् भने समूह बीका सबै खेल मूलपानी क्रिकेट मैदानमा हुनेछन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ