arrow

भारतीय राष्ट्रपति भेट्न काे–काे पुगे दूतावास (फोटाे सहित‌‌)

logo
प्रकाशित २०७३ कार्तिक १७ बुधबार
Indian-Embassy.jpeg
काठमाडौँ, १७ कात्तिक । नेपालको राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा नेपालका लागि भारतीय राजदूत रणजित रायले बुधबार अपराह्न लैनचौरस्थित भारतीय राजदूतावासमा स्वागत समारोह आयोजना गरे। उक्त कार्यक्रममा विभिन्न राजनीितक दलमा नेता तथा उच्च राजनीतिक व्यक्तित्वहरुकाे सहभागिता रहेकाे थियाे ।  
 
त्यस अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थिति थियो । समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष, विभिन्न राजनीतिक दलका नेता, उद्योगपति, व्यापारी, वरिष्ठ सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिको उपस्थिति थियो । त्यसअघि राष्ट्रपति मुखर्जीलाई राजदूत राय एवम् दूतावासका कर्मचारीले स्वागत गरेका थिए।
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ