arrow

गाजामा मानवीय सहायताका लागि ८४ ट्रक पुग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १२ आइतबार
isreal-gaza-air-strike.jpeg

काठमाडौँ । इजिप्टियन रेड क्रिसेन्ट सोसाइटीका कार्यकारी निर्देशक रामी अल–नाजरले शनिवार इजिप्टियन रेड क्रिसेन्टसँग सम्बन्धित ८४ ट्रक खाद्यान्न, मानवीय र चिकित्सा सहायता गाजा स्ट्रिपमा पुगेको घोषणा गरेका छन् । 

उनले मानवीय सहायता पठाउने सबैलाई धन्यवाद ज्ञापन गरे । उनले प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीको छेउमा रहेको जग्गामा के भइरहेको भन्नेबारे पत्ता लाग्न नसक्दा अझै त्यहाँको आवश्यकता पहिचान गर्न कठिन भइरहेको बताए ।

मध्यपूर्व र उत्तर अफ्रिकाका लागि रेड क्रस र रेड क्रिसेन्ट सोसाइटीजको अन्तर्राष्ट्रिय महासंघका क्षेत्रीय निर्देशक होसम एलशारकावीले गाजा पट्टीलाई आवश्यक सहायता पठाएर सहयोग गर्न विश्वलाई आह्वान गरे । साथै इजिप्टियनवासीलाई सहायता पठाएकोमा धन्यवाद दिए ।

उनले मानवीय अभियानको निरन्तरताको लागि युद्धविराम सम्झौतामा पुग्न आह्वान गरे । सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ