arrow

मुगुमा एकै परिवारका चार जनाको सामूहिक हत्या

सामूहिक हत्या प्रकरणमा प्रहरी हत्याराको नजिक पुगेको दाबी

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० कार्तिक १२ आइतबार
mugu-hatya.jpg

मुगु । मुगु जिल्लाको मन्दु गाउँमा तीन सन्तानसहित आमाको हत्या प्रकरणमा प्रहरी अनुसन्धान हत्यारा नजिक पुगेको दावी गरिएको छ । कुकुरसहित अनुसन्धानमा परिचालित प्रहरी अहिले घटना घटेको स्थान छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँ वरपर अनुसन्धानमा तल्लीन छन् ।

प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार अहिले प्रहरीले महत्त्वपूर्ण प्रमाण फेला पारिसकेको भए पनि अझै अनुसन्धान भने जारी राखेको हो । 'हामीले महत्त्वपूर्ण प्रमाण भेटाएका छौं । हामी अहिले शङ्का लागेकालाई सोधपुछ गर्ने देखि नियन्त्रणमा लैजाने सम्मका काममा लागेका छौं ।' उनले भने . । 

अनुसन्धानको नजरमा परेकाहरूको घटनासँग संलग्न रहेको सत्य,तथ्य र प्रमाणित प्रमाण जुटेपछि नियन्त्रणमा लिइने उनले बताए । प्रनाउ थापाका अनुसार हत्या गरिएका चारै जनाको शव जिल्ला अस्पताल मुगुमा राखिएको छ सम्भवतः आइतबारै चारै शवको पोष्टमाटम हुनेछ ।

शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहराको शव घरभित्रै फेला परेको थियो । उनीहरूको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको थियो ।

मृतक आमा श्रीदेवी छोराछोरीसहित ७ गते नै दसैँको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन् । माइतीबाट टिका, जमरा लगाइसकेपछि उनी ८ गते बेलुका नै घर फर्किएकी थिइन् । सोही राति सामूहिक हत्या गरिएको हुन सक्ने प्रहरीले बताइएको छ ।

मृतकका श्रीमान् दीपक बोहोरा वैदेशिक रोजगारीमा कतार रहे पनि घरमा श्रीमती सहित छोरा छोरीको हत्या भएको खबर पाएपछि शुक्रबार राती काठमाडौँ विमान स्थल ओर्लेर शनिबार मुगु पुगेका थिए ।

हत्याको अनुसन्धान गर्न नेपाल प्रहरीको विशेष अनुसन्धान टोली परिचालित छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ