arrow

मुखर्जी–दाहाल भेटवार्ता : सहमतिमै संविधान कार्यान्वयन गर्न सुझाव

logo
प्रकाशित २०७३ कार्तिक १७ बुधबार
mukharji-dahal-bhet.jpeg

काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच शिष्टाचार भेटवार्ता भएको छ ।

बौद्धस्थित होटल ह्यातमा भएको शिष्टाचार भेटमा भारतीय राष्ट्रपति मुखर्जीले सहमतिमै संविधान कार्यान्वयन गर्न दाहाललाई सुझाव दिएका छन् । भेटमा दुई मुलुकबीचको सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको परराष्ट्रमन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

राष्ट्रपति मुखर्जीले प्रधानमन्त्री दाहालको भारत भ्रमण र केही दिन अघि भारतको गोवामा भएको दुई मुलुकबीचको उच्चस्तरीय भेटवार्ताले आपसी सम्बन्ध थप मजबुत बनाएको विचार राखेको मन्त्री महतले सुनाए ।

प्रधानमन्त्री दाहालले दुई मुलुकबीच रहिआएको सुमधुर सम्बन्ध अरु सुदृढ बनाउँदै लान नेपालका तर्फबाट कुनै कमी रहन नदिने विश्वास दिलाए । यस्तै, प्रधानमन्त्री दाहालले नेपालको संविधान कार्यान्वयनको चरणमा रहेको र संविधानमा समेट्नु पर्ने केही विषयलाई समेट्ने प्रयास भइरहेको भारतीय राष्ट्रपतिलाई अवगत गराए ।

भेटमा नेपालका तर्फबाट मन्त्री महत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही, मुख्यसचिव सोमलाल सुवेदी र परराष्ट्र सचिव शङ्करदास वैरागी हुनुहुन्थ्यो भने भारतका तर्फबाट उच्च अधिकारीहरु सहभागि भए ।

तीन दिने नेपाल भ्रमणमा रहेका राष्ट्रपति मुखर्जीले यसअघि समकक्षी विद्यादेवी भण्डारी  र उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेटे । यस्तै, भारतीउ दूतावासमा भएको दिवा भोजमा मुखर्जीले नेपालका राजनीतिक दलका नेता र वुद्धिजिवीलाई भेटेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ