arrow

सिंगापुरले नेपाललाई दियो १४६ रनको चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १३ सोमबार
nepal-vs-singapur.jpg

काठमाडौँ । आईसीसी टी-२० विश्वकप क्रिकेट छनोटमा सिंगापुरले नेपाललाई  १४६ रनको चुनौती दिएको छ । 

खेलमा टस जितेर ब्याटिङ रोजेको  सिंगापुरले  नेपाललाई १४६ रनको चुनौती दिएको हो । 

त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा जारी खेलमा सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन बनायो । 

सिङ्गापुरका लागि युवा ओपनर रोहन रङ्गराजनले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३० बलमा ९ चौका र १ छक्कासहित ४६ रन बनाए । 

त्यस्तै आर्यवीर चौधरीले ३७ रन बनाए । उनले २६ बलमा ५ चौकासहित ३७ रन बनाएका हुन् । त्यस्तै मनप्रित सिंहले २४ तथा अक्षा पुरीले १३ रन जोडे । 

नेपालका लागि अभिनाश बोहोराले तीन विकेट लिए भने सन्दिप लामिछाने, गुल्सन झा र करण केसीले समान दुई-दुई विकेट लिए ।

नेपालले सन् २०१४ पछि विश्वकप खेल्ने लक्ष्यमा रहेको छ । त्यस्तै नेपाल सिंगापुरलाई पराजित गर्दै प्रतियोगिताको उद्घाटनमा सुखद सुरुआत गर्न चाहन्छ ।

यसअघि नेपाल र सिंगापुरबीच चार टी-२० अन्तर्राष्ट्रिय खेल भएको छ जसमा नेपाल र सिंगापुरले समान एक एक जित निकाल्दा दुई खेल वर्षाको कारण रद्द भएको थियो ।

नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने अभिनाश बोहरा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ