arrow

टी–२० विश्वकप छनोटमा नेपालको गतिलो शुरुआत, सिंगापुर ८ विकेटले पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १३ सोमबार
kushal-bhurtel-2080-07-13.jpeg

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट छनोटमा नेपालले गतिलो शुरुआत गरेको छ । नेपालले पहिलो खेलमा सोमबार सिंगापुरमाथि ८ विकेटको जित हासिल गरेको छ । 

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन बनायो । 

सिङ्गापुरका लागि युवा ओपनर रोहन रङ्गराजनले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३० बलमा ९ चौका र १ छक्कासहित ४६ रन बनाए । 

त्यस्तै आर्यवीर चौधरीले ३७ रन बनाए । उनले २६ बलमा ५ चौकासहित ३७ रन बनाए । त्यस्तै मनप्रित सिंहले २४ तथा अक्षा पुरीले १३ रन जोडे । 

नेपालका लागि अभिनाश बोहोराले तीन विकेट लिए भने सन्दिप लामिछाने, गुल्सन झा र करण केसीले समान दुई–दुई विकेट लिए ।

जवाफमा नेपालले १६.३ ओभरमै २ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ४८ बलमा ७४ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले २४ बला ३५ तथा आसिफ शेखले २६ बलमा २७ रन बनाए । कुशल मल्लले १ बलमा छक्का प्रहार गरे । 

नेपालले सन् २०१४ पछि विश्वकप खेल्ने लक्ष्यमा रहेको छ ।

आठ टिम सहभागी छनोटमा नेपालको समूहमा सिंगापुरसँगै ओमान र मलेसिया रहेका छन् । 

नेपालले दोस्रो खेलमा मलेसियासँग मंगलबार दिउँसो १ः१५ बजे त्रिविविको मैदानमै खेल्नेछ । 

यो समूहको दोस्रो खेलमा आजै दिउँसो १ः१५ बजे ओमान र मलेसिया भिड्दै छन् । 

समूह बीमा यूएई, बहराइन, हङकङ र कुवेत रहेका छन् । समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् । 

समूह बी को पहिलो खेलमा यूएईले बहराइनलाई हराएको छ । दोस्रो खेलमा कुवेत र हङकङ दिउँसो १ः१५ बजे खेल्नेछन् । समूह बीका खेलहरु मूलपानी मैदानमा हुँदैछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ