arrow

कतारमा हिरासतरत आठ भारतीयको रिहाइको प्रयास गर्ने जयशंकरको आश्वासन

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १३ सोमबार
jayashankar-minister-inida.jpg
तस्बिर – फाइल ।

नयाँदिल्ली । भारतीय विदेशमन्त्री एस जयशंकरले कतारमा हिरासतमा रहेका आठ भारतीयका परिवारसँग भेटेर उनीहरूको रिहाइका लागि सबै प्रयास गरिने आश्वासन दिएका छन् । 

सरकारले उक्त विषयलाई उच्च महत्व दिएको भन्दै उनले यस सम्बन्धमा परिवारहरूसँग निकटताका साथ समन्वय गर्ने बताए । “आज बिहान कतारमा हिरासतमा लिइएका आठ भारतीय परिवारसँग भेट गरेँ, सरकारले उक्त मामिलालाई उच्च महत्व दिएकोमा जोड दियो, परिवारसँग चिन्ता र पीडा बाँडे, सरकारले उनीहरूको रिहाइका लागि सम्पूर्ण प्रयास जारी राख्ने बताएँ, सो सम्बन्धमा परिवारहरूसँग निकटताका साथ समन्वय गरिनेछ”, विदेशमन्त्री जयशङ्करले एक्समा भने । 

कतारको फर्स्ट इन्सटेन्स अदालतले दोहामा हिरासतमा लिइएका आठ पूर्व नौसैनिक अधिकारीहरूलाई मृत्युदण्डको फैसला सुनाएपछि विदेशमन्त्रीको सो भनाइ आएको हो । 

यसअघि भारतीय विदेश मन्त्रालयले कतारले आफ्ना आठ नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको घटनाबाट स्तब्ध भएको भन्दै विस्तृत फैसलाको प्रतीक्षा गरिरहेको बताएको थियो ।

नयाँ दिल्लीले आठ भारतीयलाई कन्सुलर पहुँच प्रदान गरेको थियो । साथै उनीहरूको रिहाइका लागि काम समेत गरिरहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ