arrow

मानव बेचबिखनको आरोपमा प्रहरी नै पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १४ मंगलबार
nepal-police-logo.png

काठमाडौँ ।  मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना प्रहरी नै पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरी आजै अदालतबाट म्याद लिई अनुसन्धान सुरु गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले मानव तस्करीमा ‘कनेक्सन’ देखिएपछि उनलाई पक्राउ गरिएको जानकारी दिए ।

उनीसँगै अर्का एक व्यक्ति समेत पक्राउ गरेको पनि उनको भनाइ छ । 

प्रहरीको अनुसन्धानमा मानव बेचबिखनका गिरोहसँग मिलेर नक्कली कागजात बनाउने र भ्रमण भिसामा  नागरिकलाई विदेश पठाउने कार्यमा उनको संलग्नता भएको पाइएको प्रहरीको दाबी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ