- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । काठमाडौँमा सोमबारदेखि शुरु भएको विश्वकप टी–२० एसिया छनोट अन्तर्गत आज चार खेल हुँदैछन् ।
त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा दुई तथा मूलपानी क्रिकेट मैदानमा दुई खेल हुन लागेका हुन् ।
कीर्तिपुर मैदानमा बिहान ९ बजे ओमानले सिंगापुरसँग खेल्दैछ । दिउँसो १ः३० बजे नेपालले मलेसियासँग खेल्दैछ ।
नेपाल लगातार दुई जितसहित एक खेलअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ ।
मूलपानी मैदानमा बहराइनले हङकङसँग बिहान ९ बजे खेल्दैछ । दिउँसो १ः३० बजे कुवेतले यूएईसँग खेल्नेछ ।
यसअघि पहिलो दिन पहिलो दिन नेपाल, यूएई, ओमान र हङकङ विजयी भएका थिए ।
नेपालले सिंगापुरलाई ८ विकेटले हरायो । कीर्तिपुर मैदानमा भएको खेलमा पहिले सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन बनाएकामा नेपालले १६.३ ओभरमै २ विकेटको क्षतिमा जित हासिल गर्यो ।
ओमानले मलेसियालाई ३२ रनले हरायो । मूलपानी मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको ओमानले ६ विकेटको क्षतिमा १५३ रन बनायो । जवाफमा मलेसियाले ८ विकेटको क्षतिमा १२१ रनमात्र बनाउन सक्यो ।
त्यस्तै यूएईले बहराइनलाई ५ विकेटले हरायो । मूलपानी मैदानमा पहिले ब्याटिङ गरेको बहराइनले ६ विकेटको क्षतिमा १३५ रन बनायो । जवाफमा यूएईले १८.२ ओभरमा ५ विकेटको क्षतिमा जित हासिल गर्यो ।
त्यस्तै मूलपानीमा भएको खेलमा हङकङले कुवेतलाई १६ रनले हरायो । पहिले ब्याटिङ गरेको हङकङले ६ विकेटको क्षतिमा १६६ रन बनायो । जवाफमा कुवेतले ८ विकेटको क्षतिमा १५० रनमात्र बनायो ।
आठ टिम सहभागी छनोटमा नेपालको समूहमा सिंगापुरसँगै ओमान र मलेसिया रहेका छन् ।
समूह बीमा यूएई, बहराइन, हङकङ र कुवेत रहेका छन् । समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् ।
समूह एका खेलहरु कीर्तिपुर मैदानमा र समूह बीका खेलहरु मूलपानी मैदानमा भइरहेका छन् ।