arrow

टी–२० विश्वकप छनोट

मलेसियालाई हराउन नेपाल १६६ रनको चुनौती पछ्याउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १४ मंगलबार
t20-nepal-malaysia-2023.jpg

काठमाडौँ । काठमाडौँमा जारी विश्वकप टी–२० एसिया छनोट क्रिकेट अन्तर्गत दोस्रो खेलमा नेपालले अहिले मलेसियासँग खेलिरहेको छ । 

त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा नेपालले १६६ रनको चुनौती पछ्याउँदैछ । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६५ रन बनायो । 

मलेसियाका लागि ओपनर साइद अजिजले ४९ बलमा ६८ रन बनाए । पहिलो विकेटका लागि ५८ रनको साझेदारी गर्ने क्रममा जुवैदी जुल्किफु्लीले १६ बलमा २४ रन बनाए । 

नेपालका लागि अबिनाश बोहराले २७ रन खर्चेर ४ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले १–१ विकेट लिए । 

यता मूलपानी मैदानमा कुवेतले यूएईसँग खेलिरहेको छ । कुवेतले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ८८ रनमात्र बनायो । 

यसअघि कीर्तिपुर मैदानमा सम्पन्न खेलमा ओमानले सिंगापुरलाई पराजित गरेको छ । ओमान २२ रनले विजयी भएको हो । ओमानले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १७४ रन बनाएकामा सिंगापुरले ८ विकेटको क्षतिमा १५२ रनमात्र बनायो । 

त्यस्तै मूलपानीको मैदानमा भएको खेलमा बहराइनले हङकङलई हराएको छ । बहराइन २० रनले विजयी भएको हो । 

बहराइनले ३ बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर १४६ रन बनायो । जवाफमा हङकङले ५ बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर मात्र १२६ रन बनाउन सक्यो । 

अंक तालिकामा 
समूह एमा ओमान दुवै खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा छ । नेपाल १ खेलबाट २ अंकसहित दोस्रो स्थानमा छ भने सिंगापुर २ खेलबाट अंकविहीन छ । त्यस्तै मलेसिया १ खेलबाट अंकविहीन हुँदै पुछारमा छ । 

त्यस्तै समूह बी मा १ खेलबाट २ अंकसहित यूएई पहिलो, २ खेलबाट २ अंकसहित बहराइन दोस्रो, २ खेलबाट २ अंकसहित हङकङ तेस्रो तथा १ खेलबाट अंकविहीन कुवेत पुछारमा छ । 

नेपाल लगातार दुई जितसहित एक खेलअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ । 

यसअघि पहिलो दिन सोमबार

पहिलो दिन नेपाल, यूएई, ओमान र हङकङ विजयी भएका थिए । नेपालले सिंगापुरलाई ८ विकेटले हरायो । कीर्तिपुर मैदानमा भएको खेलमा पहिले सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन बनाएकामा नेपालले १६.३ ओभरमै २ विकेटको क्षतिमा जित हासिल गर्यो । 

ओमानले मलेसियालाई ३२ रनले हरायो । मूलपानी मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको ओमानले ६ विकेटको क्षतिमा १५३ रन बनायो । जवाफमा मलेसियाले ८ विकेटको क्षतिमा १२१ रनमात्र बनाउन सक्यो । 

त्यस्तै यूएईले बहराइनलाई ५ विकेटले हरायो । मूलपानी मैदानमा पहिले ब्याटिङ गरेको बहराइनले ६ विकेटको क्षतिमा १३५ रन बनायो । जवाफमा यूएईले १८.२ ओभरमा ५ विकेटको क्षतिमा जित हासिल गर्यो । 

त्यस्तै मूलपानीमा भएको खेलमा हङकङले कुवेतलाई १६ रनले हरायो । पहिले ब्याटिङ गरेको हङकङले ६ विकेटको क्षतिमा १६६ रन बनायो । जवाफमा कुवेतले ८ विकेटको क्षतिमा १५० रनमात्र बनायो । 

आठ टिम सहभागी छनोटमा नेपालको समूहमा सिंगापुरसँगै ओमान र मलेसिया रहेका छन् । 

समूह बीमा यूएई, बहराइन, हङकङ र कुवेत रहेका छन् । समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् । 

समूह एका खेलहरु कीर्तिपुर मैदानमा र समूह बीका खेलहरु मूलपानी मैदानमा भइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ