arrow

डिजेल र मट्टितेलमा चार रुपैयाँ घट्यो, पेट्रोल र एलपी ग्यास यथावत्

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १४ मंगलबार
nepal-oil-corporation-2080-03-21.jpg

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले दुवैमा समान प्रतिलिटर ४ रुपैयाँ घटाएको हो । 

निगमले विज्ञप्ति जारी गर्दै मंगलबार मध्यराति १२ बजेपछि लागू हुने गरी डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ४ रुपैयाँले घटाएको हो ।

निगमले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको जनाएको छ । सो अनुसार अब काठमाडौँ उपत्यकामा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १६४ रुपैयाँ पर्नेछ । 

निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत रहेको जनाएको छ । जसअनुसार पेट्रोलको १६९ः५० रुपैयाँदेखि १७२ रुपैयाँसम्म तोकिएको छ । त्यस्तै एलपी ग्यासको १८९५ रुपैयाँ रहेको छ । 

निगमले यसअघि दशैँलाई ध्यानमा राखेर एकैपटक असोज २८ गते पेट्रोलको भाउ प्रतिलिटर ११ रुपैयाँ घटाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ