arrow

गाजाका लागि सहायता सामग्री बोकेका ट्रक रोकिए

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १६ बिहिबार
gaza-truck.jpg

काठमाडौँ । करिब तीन हप्तादेखि इन्धन, खाना, पानी र चिकित्सा आपूर्तिबाट वञ्चित भएका २३ लाख प्यालेस्टाइनीहरूको लागि सहायता सामग्री पठाइएका ट्रकहरु इजिप्टमा रोकिएका छन् ।

गाजा पट्टीमा प्रवेश गर्नको लागि राहत सहायता बोकेका सयौं ट्रकहरू इजिप्टको राफा क्रसिङमा अड्किएका हुन् । 

गाजा प्रवेश गर्ने सामग्री सहितका ट्रकहरूको संख्या बढेको भएपनि ट्रकहरु गाजा प्रवेशका लागि कुरिरहेको बताइएको छ । दैनिक आवश्यक पर्ने १०० ट्रक सामानको मात्रा अझै कम रहेको बताइएको छ । 

इजरेल-हमास द्वन्द्व शुरु भएको दुई हप्तापछि अक्टोबर २१ मा रफाह हुँदै मानवीय सहायता बोकेका करिव २५० ट्रक प्यालेस्टिनी क्षेत्रमा प्रवेश गरेका छन् । 

अल्जेरिया, कुवेत, इराक, टर्किए, र संयुक्त अरब इमिरेट्स, बहराइन, ट्युनिसिया, फ्रान्स, डेनमार्क, इटाली, बेल्जियम, भेनेजुएला लगायत संयुक्त राष्ट्र संघका एजेन्सीहरूलगायत धेरै देशहरूले राहत सामग्री बोकेका विमानहरू पठाइसकेका छन् । 

जारी इजरेल-हमास द्वन्द्वमा दुवै पक्षका आधिकारिक तथ्याङ्कअनुसार ८ हजार ५२५ प्यालेस्टाइनी र १, हजार ४ सय इजरेली मारिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ