arrow

मध्यरातिदेखि संसदको अधिवेशन अन्त्य 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १६ बिहिबार
cabinet-2080-07-16.jpg

काठमाडौँ । सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसद्को अधिवेशन बिहीबार मध्यरातिदेखि अन्त्य गर्ने निर्णय गरेको  हो ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राति १२ बजेदेखि अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

आजको बैठकले सहसचिव राधिका अर्याललाई प्रशासनतर्फको सचिव र विश्वबाबु पुडासैनीलाई प्राविधिकतर्फको सचिवमा बढुवा गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ