arrow

विश्वकप टी–२० छनोट

ओमानसँग लज्जास्पद हार हुनबाट विवेक र करणले जोगाए, सेमिफाइनलमा नेपालको भिडन्त यूएईसँग 

ओमानसँग पाँच रनले पराजित, विवेक यादवले बनाए ३९ रन, करणले लिए ३ विकेट 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १६ बिहिबार
nepal-oman-2023-11-02b.jpg

काठमाडौँ । काठमाडौँमा जारी विश्वकप टी–२० एसिया छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ ।त्रिविवि मैदान कीर्तिपुरमा नेपाल ओमानसँग पाँच रनले पराजित भयो । १४६ रनको चुनौती पछ्याउने क्रममा कुनै पनि अग्र र मध्यक्रमका ब्याट्सम्यानले संयमपूर्वक ब्याटिङ नगरेसँगै १४० रनमा रोकिएको हो । 

अन्तिम ओभरमा जितका लागि २६ रनको जरुरी भएका बेलामा विवेक यादवले सनसनीपूर्ण ब्याटिङ गर्दै तीन छक्का प्रहार गरे पनि टिमलाई जिताउन सकेनन् । उनी २४ बलमा ५ छक्काको मद्धतले ३९ रन बनाएर आउट भए । 

त्यस्तै करण केसीले ११ बलमा १५ रन बनाए । आठौँ विकेटका लागि विवेक र करण मिलेर ५४ रनको साझेदारी गरेका थिए । 

नेपालले ८५ रन जोड्दा ८ विकेट गुमाइसकेको अवस्थामा विवेक र करणले नेपालको लज्जास्पद हार जोगाएका थिए । 

नेपालका लागि ओपनर कुशल भुर्तेलले १८ बलमा २६ रन बनाए ।

कप्तान रोहित पौडेल, सन्दीप जोरा र सोमपाल कामीले समान १२ रन बनाए भने आसिफ शेखले ५, गुल्सन झाले ३, सन्दीप लामिछानेले २ तथा अबिनाश बोहराले १ बलमा अविजित रहँदै १ बल बनाए ।

ओमानले खराब फिल्डिङ गर्ने क्रममा केही क्याचसमेच छाडेको थियो । 

यसअघि खेलमा टस जितेर नेपालले पहिले बलिङ गर्दै ओमानलाई १४५ रनमै रोकेको थियो ।  

ओमानले ९ विकेटको क्षतिमा उक्त योगफल जोडेको हो । जिशन मसुदले ३२, निशम खुशीले २५ तथा प्रतिक अथभालेले २४ रन बनाए । 

नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिए । अबिनाश बोहरा र गुल्सन झाले १–१ विकेट लिए । 

यसअघिका दुई खेल जित्दै यसअघि नै सेमिफाइनलमा प्रवेश गरेको नेपाल ओमानसँग पराजित हुँदै उपविजेतामै चित्त बुझाएको छ । 

ओमानसँग समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । समूह एबाट सिंगापुर र मलेसिया बाहिरिएका छन् ।

नेपालले यसअघि मलेसियालाई ६ विकेटले र सिंगापुरलाई ८ विकेटले हराएको थियो । 

नेपाल समूहको उपविजेता भएसँगै अर्को समूहको विजेता यूएईसँग सेमिफाइनलमा खेल्ने भएको छ । 

आजका अन्य खेलमा त्रिविवि मैदानमै १ः३० बजे मलेसिया र सिंगापुर भिड्ने छन् । जितहारले फरक नपरे पनि सान्त्वना जितको प्रयास दुवै टिमको हुनेछ । 

अर्को समूहबाट यूएई समूह विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ भने बहराइन र हङकङमध्ये एक टिम सेमिफाइनलमा पुग्नेछ । कुवेत भने बाहिरिइसकेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ