arrow

संक्रमणकालीन विधेयक हिउँदे अधिवेशनबाट [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १६ बिहिबार
agni-sapkota-2080-07-16.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक हिउँदे अधिवेशनबाट पारित हुने बताएको छ । 

बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन् । 

उनले शान्ति प्रक्रिया टुंगो लगाउने सहमति समितिमा भइसकेको र संसदबाट भने अर्को हिउँदे अधिवेशनबाट पारित गर्ने सहमति जुटेको बताए । 

उनले संक्रमणकालीन न्याय नटुंगिँदा विश्वमाझ विभिन्न खाले प्रश्नहरु उठेको बताए । उनले विश्वमाझ उठेका विभिन्न प्रश्नलाई अन्त्य गर्न आवश्यक रहेको बताए ।

प्रवक्ता सापकोटाले संयुक्त राष्ट्रसंघका महासचिव अहिले नेपाल आउनु बहुआयामिक महत्वको विषय भएको बताए । 

उनले संयुक्त राष्ट्रसंघका महासचिव अहिले नेपाल आउनु र विश्व शान्तिको अपिल गर्नु महत्वपूर्ण भएको बताए ।

प्रवक्ता सापकोटाले महासचिव गुटेरेसको भ्रमणले शान्ति प्रक्रियाका बाँकी काम मौलिक ढंगबाट टुंग्याउनुपर्ने र पीडित पक्षलाई विश्वासमा लिएर टुंगोमा पु¥याउन सहयोग पुगेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ