arrow

रमिते बन्दै सरकार

मैदान नहुँदाको पीडा, नेपाल–यूएई क्रिकेट खेल घरमै हेर्न क्यानको आग्रह

खेलाडीको प्रयोग गरेर चौका र छक्कामा पुरस्कार राखेर सित्तैमा ब्राण्डको प्रचार गर्ने निजी क्षेत्र पहिले मैदान निर्माणकै लागि अग्रसर हुनुपर्नेमा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १६ बिहिबार
Mulpani_Cricket_ground.jpg
तस्बिर – मूलपानी क्रिकेट मैदान ।

काठमाडौँ । काठमाडौँमा जारी विश्वकप टी–२० एसिया छनोट क्रिकेट प्रतियोगिताका सेमिफाइनल खेलहरु शुक्रबार हुँदैछन् । 

सेमिफाइनलमा नेपालले यूएईसँग र ओमानले बहराइनसँग खेल्दैछ । दुवै खेल बिहान ११ बजेदेखि शुरु हुनेछन् । 

नेपाल समूहको उपविजेता भएसँगै मूलपानी क्रिकेट मैदानमा खेल्ने भएको छ । समूह विजेता भएर सेमिफाइनलमा पुगेको भए नेपालले त्रिविविको क्रिकेट मैदान कीर्तिपुरमै खेल्न पाउने थियो । 

मूलपानीमा खेल हुने भएसँगै दर्शक अट्ने संख्या न्यून हुने भएसँगै नेपाल क्रिकेट संघ क्यानले घरमै बसेर क्रिकेट हेर्न सूचना जारी गरेको छ । 

क्यानले आईएमई पेमार्फत मात्र ३५ सय टिकट उपलब्ध हुने भन्दै दर्शकलाई घरमै बसेर हेर्न आग्रह गरेको हो । 

एसोसिएट राष्ट्रमा नेपाल बाहेक अन्त दर्शकको संख्या न्यून हुन्छ । दुर्भाग्य नेपालमा दर्शक हुँदा मैदानको अभावले गर्दा दर्शकलाई घरमै बसेर क्रिकेट हेर भनेर सूचना जारी गर्नुपर्छ । 

सरकार भने खेलाडीले जितेको बेलामा टोकन अफ लभका रुपमा पुरस्कार राशी घोषणा गरेर टार्छ । 

त्यतिमात्र होइन अहिले आफ्नो विज्ञापन गर्ने नाममा खेलाडीहरुलाई चौका, छक्का हान्नेदेखि विकेट लिने र क्याच लिनेसम्मलाई पुरस्कारको घोषणा गर्ने होड छ । 

तर यसरी होड देखाएर आफ्नो ब्रान्डको प्रचार गर्नेहरुले क्रिकेटको विकासका लागि मैदान बनाउन कहिल्यै सहयोगको हात अगाडि बढाएनन् । 

सामाजिक संजालहरुमा खेलाडीको प्रयोग गरेर चौका र छक्कामा पुरस्कार राखेर सित्तैमाब्राण्डको प्रचार गर्ने निजी क्षेत्रलाई पहिले मैदान निर्माणकै लागि अग्रसर हुनसमेत आग्रह गरिएको छ । 

जबसम्म सरकार तमासे भएर हेरिरहन्छ तबसम्म जसले जे गरे पनि हुन्छ । सरकारलाई गम्भीर भएर लाग्नका लागि पटक पटक आग्रह गर्दासमेत लाचारी देखाइरहेको छ । 

सामाजिक संजालमा अहिले ब्यापक आलोचना भइरहेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ