arrow

गाजामा नौ हजारभन्दा बढी प्यालेस्टिनी मारिए

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १७ शुक्रबार
isreal-gaza-air-strike.jpeg

काठमाडौँ । इजरेल र हमासबीच जारी द्वन्द्व शुरु भएयता गाजामा इजरेली आक्रमणमा परी ज्यान गुमाउने प्यालेस्टिनीको सङ्ख्या नौ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।

मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले पत्रकार सम्मेलनमा तीन हजार ७६० बालबालिका र दुई हजार ३२६ महिलासहित मृत्यु हुनेको सङ्ख्या नौ हजार ६१ पुगेको र घाइतेको सङ्या ३२ हजार नाघेको जानकारी दिए । 

इजरेली सेनाले पछिल्लो २४ घण्टामा १५ वटा आक्रमण गर्दा २५६ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएको उनले बताए । 

गाजाको सरकारी सञ्चार कार्यालयले इजरेलले आफ्नो आक्रमणको शुरुवातदेखि गाजा पट्टीमा १० भन्दा बढी बम खसालेको र इजरेलले प्रयोग गर्ने विस्फोटक पदार्थको मात्रा दुई हजार ५०० टन भन्दा बढी वा प्रति वर्ग किलोमिटर लगभग ७० टन पुगेको अनुमान गरेको छ ।

अक्टोबर ७ मा हमासले इजरेलमाथि एक्कासी आक्रमण गरी हजारौं रकेट प्रहार गरेको थियो र इजरेली भूमिमा घुसपैठ गरेको थियो, जसमा इजरेलमा कम्तिमा एक हजार ४०० व्यक्तिको मृत्यु भएको थियो । 

यसको जवाफमा इजरेली सेनाले गाजा पट्टीविरुद्ध हवाई आक्रमण र स्थलगत कारबाही शुरु गरेको थियो भने प्यालेस्टिनी इलाकामा नाकाबन्दी लगाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ