arrow

एकै परिवारका चार जनाको हत्या

आफन्तको घरमा भेटिए विक्षिप्त दीपक, उपचारका लागि राखियो अस्पतालमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १७ शुक्रबार
mugu-hatya-deepak.jpg

काठमाडौँ । परिवारका चार जनाको हत्यापछि विक्षिप्त बनेर अस्पतालबाटै बेपत्ता भएका दीपक बोहरा आफन्तको घरमा भेटिएका छन् ।

घरका चार चार जना सदस्यहरूको सामूहिक हत्या भएपछि गत ११ गते वैदेशिक रोजगारीमा कतारमा रहेका दीपक काम छाडेर नेपाल फर्केका थिए । 

मानसिक रूपमा विक्षिप्त भएर कुनै अप्रिय घटना नघटोस् र होस सन्तुलनमा रही रहोस् भनेर दीपकलाई प्रहरीले निगरानी गर्दै कान्छा ससुरा को जिम्मा लगाएको थियो ।

तर दीपक हत्या गरिएका आमा र ३ छोरा छोरीको शव परीक्षण गर्ने कार्य सकिए पनि हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने आफन्तको अडानकाबीच जिल्ला अस्पतालबाटै हराएका थिए । 

दीपक बिहीबार राती ७ बजे छायानाथ रारा नगरपालिका वडा न ४ भामवाडा गाउँमा एक आफन्तको घरमा भेटिएका हुन । उनलाई अहिले जिल्ला अस्पतालमा उपचारका लागि राखिएको छ ।

मुगु स्थित छायानाथ रारा नगरपालिका वडा न ६ मन्दु गाउँमा गत ८ गते२८ वर्षीया श्रीदेवी बोहरा, ११ वर्षीया छोरा मनोज बोहरा, ८ वर्षीया छोरी अप्सरा बोहरा र ८ महिने छोरा रहर बोहरा हत्या भएको थियो ।

१० गते हत्या भएको सूचना पाउन बित्तिकै जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरीको टोलीले घर खोली भित्र हेर्दा आमा सहित तीन सन्तानको धारिलो हतियार प्रयोग गरि बीभत्स हत्या गरेको फेला पारेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ