arrow

विश्वकपमा छनोट भएकोमा नेपाली खेलाडीलाई प्रधानमन्त्री प्रचण्डको बधाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १७ शुक्रबार
prachanda-pm-final-always.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल टी–२० विश्वकप क्रिकेटमा छनोट भएकोमा टिमका खेलाडीहरुलाई बधाई दिएका छन् ।

काठमाडौँको मूलपानीस्थित क्रिकेट मैदानमा भएको छनोटको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटलाई हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई बधाइ दिँदै फेसबुकमा लेखेका छन्, ‘टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दछु । पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु। साथै नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधै यहाँहरूको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछु।’

टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा यूएईलाई ८ विकेटलाई हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।
 
फाइनल प्रवेश गर्ने दुई टिम विश्वकपमा छनोट हुने भएसँगै नेपाल विश्वकपमा छनोट भएको हो । यूएईले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा २ विकेट गुमााएर भेट्टाएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ