arrow

नेपाल विश्वकप २०२४ पुग्दाका मूलपानीका साक्षीहरु [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १७ शुक्रबार
mulpari-spectators-2080-07-17 (19).JPG

काठमाडौँ । नेपाल दोस्रो पटक विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा छानिन सफल भएको छ । विश्वकप टी–२० को एसिया छनोट अन्तर्गत प्रतियोगिताको फाइनलमा पुगेसँगै नेपाल दोस्रो पटक विश्वकपमा छानिएको हो । 

नेपालले सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी यूएईलाई ८ विकेटले हराएको हो । मूलपानी क्रिकेट मैदानमा जितका लागि १३५ रनको सामान्य चुनौती नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर जित हासिल गर्यो । 

नेपालका लागि आसिफ शेखले ५० बलमा अविजित रहँदै ६३ रन बनाए भने कप्तान रोहित पौडेलले २१ बलमा अविजित रहँदै ३५ रन जोडे । गुल्सन झाले २४ बलमा २२ रन तथा कुशल भुर्तेलले ११ रन बनाए ।

यसअघि टस जितेर यूएईले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १३४ रन बनायो । भृत्तिय अरविन्दले सर्वाधिक ६४ रन बनाए । त्यस्तै कप्तान मुहम्मद वासिमले २६ तथा अलिशान शराफूले १६ रन जोडे । 

नेपालका लागि कुशल मल्लले ११ रन खर्चेर ३ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र कप्तान रोहित पौडेलले १–१ विकेट लिए । 

उत्कृष्ट फिल्डिङ गरेको नेपालले दुई खेलाडीलाई रनआउट गरेको थियो । नेपाल समूहको उपविजेता हुँदै सेमिफाइनलमा अर्को समूहको विजेता यूएईलाई प्रतिद्वन्द्वी पाएको थियो । 

यो खेलका १२ औँ खेलाडी अथवा दर्शकले नेपाललाई विश्वकपमा पुगेको देखे । 

नेपाल क्रिकेट संघ क्यानले दर्शकका लागि स्थान नभएको भन्दै ३५ सय टिकटमात्र बेचेको थियो । अन्य दर्शकलाई घरमै बसेर टेलिभिजन हेर्न भनेको थियो । 

तर हजारौँ दर्शक पुगे मूलपानी र नेपाल विश्वकप पुग्दाका साक्षी बने । 

 

 

mulpari-spectators-2080-07-17 (1).JPG
mulpari-spectators-2080-07-17 (2).JPG
mulpari-spectators-2080-07-17 (3).JPG
mulpari-spectators-2080-07-17 (4).JPG
mulpari-spectators-2080-07-17 (5).JPG
mulpari-spectators-2080-07-17 (6).JPG
mulpari-spectators-2080-07-17 (7).JPG
mulpari-spectators-2080-07-17 (8).JPG
mulpari-spectators-2080-07-17 (9).JPG
mulpari-spectators-2080-07-17 (10).JPG
mulpari-spectators-2080-07-17 (11).JPG
mulpari-spectators-2080-07-17 (12).JPG
mulpari-spectators-2080-07-17 (13).JPG
mulpari-spectators-2080-07-17 (14).JPG
mulpari-spectators-2080-07-17 (15).JPG
mulpari-spectators-2080-07-17 (16).JPG
mulpari-spectators-2080-07-17 (17).jpg
mulpari-spectators-2080-07-17 (18).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ