arrow

उद्धार टोलीसहित प्रधानमन्त्री जाजरकोटमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १८ शनिबार
prachanda-jajarkot-2080-07-.jpg

काठमाडौँ । पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पमा प्रभावित क्षेत्रको राहत र उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाजरकोट पुगेका छन् । 

उनीसँगै उर्जामन्त्री शक्ति बस्नेत र जनार्दन शर्मा पनि गएका छन् । यतिबेला प्रमुख जिल्ला अधिकारीसँग विवरण लिएर प्रभावित क्षेत्रमा जाने तयारी गरिरहेका छन् । 

उद्धारका लागि तीन वटै सुरक्षा निकाय खटिएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी राहत तथा उद्धारका लागि खटिएका हुन् । सशस्त्र प्रहरी बल बाट जाजरकोटमा घाइते ३१ जनाको उद्दार गरेको छ भने रुकुम पश्चिममा १२ जनालाई उद्धार गरेर अस्पताल पठाएको छ । 

नेपाल प्रहरीले सडक खुलाउने र घाइतेहरुलाई एम्बुलेन्समा हालेर अस्पताल लगिरहेको प्रहरी प्रवक्ता कुवेरसिंह कडायतले जानकारी दिएका छन् ।

नेपाली सेनाको ३ वटा हेलिकोप्टर अहिले प्रभावित क्षेत्रमा परिचालन भएको छ । सशस्त्र प्रहरी बलको अस्पताल र वीर अस्पतालका स्वास्थ्यकर्मी सहितको टोली बोकेर सेनाको स्काई ट्रक पश्चिम रुकुमका लागि उसिकेको छ ।

सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुबाट डा रोशन पराजुलीसहितको ९ जनाको मेडिकल टिम र वीर अस्पतालबाट ६ जना गरेर १५ जना स्वास्थ्यकर्मीको टोली नेपाली सेनाको स्काई ट्रकमार्फत त्यसतर्फ गइसकेको छ । 

भूकम्पले जाजरकोटमा व्यापक क्षति भएको छ । कैयन घरहरु भत्किएका छन् भने स्थानीय पीडामा छन् ।  उनीहरुले राहत र उद्धारका लागि अनुरोध गरिहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ